मधेसी मोर्चालाई सरकारको माछा माछा भ्यागुतो !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १८ मंगलवार ०९:४९ बजे

मधेसी मोर्चालाई सरकारको माछा माछा भ्यागुतो !

काठमाण्डौ
असोज १८
सरकारले दशैअघि संविधान संशोधन विधेयक नल्याउने भएको छ ।

संसद सचिवालय स्रोतका अनुसार सरकारले तत्कालै संविधान संशोधन विधेयक नआउने जानकारी गराएको हो । सरकारले निर्वाचन कानुन सम्बन्धि तीन वटा विधेयक भने संसद सचिवालयमा दर्ता गराएको छ । सो विधेयेक आज  बस्ने संसद बैठकमा पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयका सहयक प्रबक्ता सुदर्शन कुईकेलले जानकारी दिनुभयो । विहान ११ बजेपछी बस्ने संसद बैठकमा  निर्वाचन आयोग, राजनीतिक दल र मतदाता नामावली सम्बन्धी विधेयेक पेश हुने छ । आजको संसद बैठकपछी झण्डै एक महिनाको लागी संसद बैठक स्थगीत हुने संभावना रहेको संसद सचिवालयका अधिकारीहरुले बताएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार