पाण्डे मन्त्रीज्यूले प्रस्ताव राखेपछि सभामुखले टेरिन् विधेयक समितीमा पठाउन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १६ आइतवार १५:२८ बजे

पाण्डे मन्त्रीज्यूले प्रस्ताव राखेपछि सभामुखले टेरिन् विधेयक समितीमा पठाउन

काठमाण्डौ
असोज १६
सरकारले संविधानमा व्यवस्था भएबमोजिम आयोग गठनका लागि संसदमा प्रस्तुत गरेका विभिन्न ६ वटा विधेयक छलफलका लागि संसदीय समितीमा पठाइएको छ ।

व्यवस्थापिका संसदको आज बसेको बैठकले ती विधेयकमाथी दफाबार छलफल गर्न भन्दै सम्बन्धित समितीमा पठाएको हो । आजको संसद बैठकले राष्ट्रिय दलित आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय समावेशी आयोग, थारु आयोग,मधेशी आयोग र मुस्लिम आयोग गठन सम्बन्धी विधेयक समितीमा छलफलका लागि पठाएको हो । स्थानीय विकासमन्त्री हितराज पाण्डेले ६ वटै विधेयक समितिमा पठाउन राखेको प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । विधेयक दफावार छलफलका लागि समितिमा पठाएसँगै संसद् बैठक असोज १८ गते मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार