काठमाण्डौ
असोज १६
नयाँ बानेश्वरस्थित संसद भवनमा अपराह्न १ बजेपछि बस्ने संसद बैठकले यातनालाई फौजदारी कसुर घोषित गर्ने विधेयकलाई दफावार छलफलका लागि अनुमोदन गर्नेछ ।
यस्तै नयाँ आयोग गठनसम्बन्धी विधेयक पनि दफावार छलफलका लागि समितिमा पठाइनेछ । यसअघि गत बुधबारको बैठकले राष्ट्रिय दलित आयोग विधेयक, राष्ट्रिय समावेशी आयोग विधेयक, आदिवासी जनजाति आयोग विधेयक, मधेसी आयोग विधेयक, आदिवासी जनजाति आयोग विधेयक, मधेसी आयोग विधेयक, थारु आयोग विधेयक र मुस्लिम आयोग विधेयक संशोधनका लागि अनुमोदन गरेको थियो ।
यसैबीच व्यवस्थापिका संसदको बैठक एक महिनाका लागि स्थगित हुने भएको छ । केही विधेयकलाई दफावार छलफलका लागि अनुमोदन गरेपछि आजदेखि बैठक स्थागित गर्नेसम्बन्धी निर्णय हुने संसद सचिवालयका सहप्रवक्ता सुदर्सन कुइकेलले जानकारी दिनुभयो ।
