त्यो दिन प्रचण्डका कारण बाबुराम रातभरी निदाएनन्


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १५ शनिवार १६:३६ बजे

त्यो दिन प्रचण्डका कारण बाबुराम रातभरी निदाएनन्

काठमाण्डौ
असोज १५
पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप लगाउनुभएको छ ।

नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद् भक्तपुरले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा उहाँले भारतसँग भएको २५ बुँदे सम्झौता देशको हितविपरित रहेको बताउनुभयो । उहाँले त्यो सहमति भएको रातभर आफुलाई निन्द्रा नलागेको बताउनुभयो । सत्ता र कुर्सी टिकाउन विदेशीसँग सम्झौता गर्नुपर्ने अवस्था आइरहेमा देश विदेशीको गम्भीर कुचक्रमापर्ने बताउँदै उहाँले यस्तो प्रवृत्तिको अन्त्य गर्न संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । भारत र पाकिस्तानमा देखिएको द्वन्द्वको परिस्थितिमा अब नेपालले आफ्नो स्वतन्त्र बिचार कसरी राख्छ भन्ने प्रश्न गर्दै उहाँले मुलुकमा जनतालाई क्रान्तिकारी हुँ बनेर भ्रम फैलाउँदै नेपाललाई भुटान बनाउने षड्यन्त्रमा प्रधानमन्त्री लागेको आरोप लगाउनुभयो । अहिलेको ६ महिने र ९ महिने म्यादी सरकारले देशलाई गम्भीर सङ्कटमा लैजाने भन्दै उहाँले देशलाई स्थिर सरकारको आवश्यकता भएको बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार