काठमाण्डौ
असोज १२
सबै पक्षको सहमतिमा संविधान संशोधन गरिने प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनुभएको छ ।
आज बिहान प्रेस सेन्टर नेपाल चितवन शाखाद्धारा भरतपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले दसैँअघि नै सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्ने जानकारी समेत दिनुभयो । मन्त्रीपरिषद्ले स्थानीय तह पूनर्संरचनाबारे स्थानीय तह पूर्नसंरचना आयोगलाई थप कार्यदेश दिएको उहाँले उल्लेख गर्नुभयो । यसैबिच, प्रधानमन्त्री दाहालले चितवनमा सरकारी कार्यालयका प्रमुखहरुसँग छलफल गर्दै जनतालाइ केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दाहालले कर्मचारी प्रशासनलाइ जनताले हेर्ने नजर अहिलेपनि राम्रो बन्न नसकेकाले जनताले आफ्नो कर्मचारी भएको अनुभूति हुनेगरी काम गर्न निर्देशन दिनुभयो ।
