काठमाण्डौ
असोज ११
राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिले अध्ययन गर्ने विशेष प्रकारका विद्यालयलाई राज्यले प्राथमिकताका साथ हेर्नुपर्ने बताउनुभएको छ ।
केन्द्रीय बहिरा उमाविको स्वर्ण महोत्सवका अवसरमा आज राजधानीमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले त्यस्ता विशेष प्रकारका विद्यालयमा शिक्षकका अतिरिक्त मेहनतबाट मात्र विद्यार्थीले सहज रुपमा शिक्षा ग्रहण गर्न सक्ने धारणा व्यक्त गर्नुभयो । सो विद्यालयले बहिरा विद्यार्थीलाई शिक्षा प्रदान गरी मुलुककै लागि प्रेरणादायी काम गरेकामा प्रशंसा गर्दै उहाँले नेपालको संविधानले शिक्षा, स्वतन्त्रता, रोजगारी लगायत व्यक्तिगत अधिकारदेखि समाज र राष्ट्रका मूलप्रवाहमा अपाङ्गता भएका व्यक्तिलाई विशेष अवसरको व्यवस्था गरी उनीहरुको मानवीय संवेदनालाई पहिचान गरेको बताउनुभयो । कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले यस्ता विशेष प्रकारका विद्यालयमा शिक्षकले अन्य सामान्य विद्यालयभन्दा बढी मेहनत गर्नुपर्ने भए पनि अन्य शिक्षकसरह सेवा सुविधा नपाउनु अन्याय भएको बताउनुभयो ।
