भारतबाट फर्किएदेखि प्रचण्ड जनताको थलोदेखि भागेको केपीको ठोकुवा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ११ मंगलवार १४:२० बजे

भारतबाट फर्किएदेखि प्रचण्ड जनताको थलोदेखि भागेको केपीको ठोकुवा

काठमाण्डौ
असोज १०
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा नेपालको संविधान कार्यान्वयनका सम्बन्धमा भारतीय चासो र भूमिकालाई खुला रुपमा आमन्त्रण गरेको टिप्पणी गर्नुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रतिपक्ष दलका नेताका हैसियतमा पहिलो सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभयो । प्रधानमन्त्री दाहाल भारत भ्रमणबाट फर्केपछि संसद्लाई औपचारिक जानकारी नदिइएको र सार्वभौम नेपालको संविधानबारे साझा चासोका विषयजस्तै गरेर दिल्लीमा संयुक्त वक्तव्य निकालिएको भन्दै ओलीले आलोचना गर्नुभयो । उहाँले प्रधानमन्त्री दाहालले भारत भ्रमण गर्नुको अर्थ अहिलेसम्म आफूले बुझ्न नसकेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले भारतमा गएर प्रमुख अन्तर्रा्ष्ट्रिय मामिलामा भारतसँग निकट सहकार्य गर्ने भन्ने संयुक्त वक्तव्यमा उल्लेख गराएर नेपालको पञ्चशीलका सिद्धान्त, पारस्परिक लाभ, असंलग्न परराष्ट्र नीति विपरीत काम गरिएको भन्दै ओलीले विरोध जनाउनुभयो । दुवै देशका परियोजनाबारे नेपाल सरकार र काठमाडौंस्थित भारतीय दूतावासले समन्वय गर्ने भनेर असन्तुलित र अपमानजनक बुँदामा हस्ताक्षर भएको र इन्धन आपूर्तिमा भारतीय एकाधिकारको पुनरावृत्ति गराउन खोजेको ओलीको आरोप छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार