३ दल मिल्नखोजेपछि साना दललाइ टाईफाइड


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १० सोमवार १५:५४ बजे

३ दल मिल्नखोजेपछि साना दललाइ टाईफाइड

काठमाण्डौ
असोज १०
मुख्य तिन दलबीच भएको स्थानीय निकायबारेको सहमति प्रति विभिन्न दलका नेताहरुले आपत्ति जनाएका छन् ।

तीन दलबीच वालुवाटारमा हिजो इलाका संरचना व्यूँताउदै निर्वाचनमा जाने  भएको सहमतिलाई सहमतिकर्ता दलकै नेता तथा राप्रपा नेपालका नेताहरुले आपक्ति जनाएका हुन् । चौथो ठुलो दल राप्रपा नेपालका अध्यक्ष कमल थापाले कांग्रेस, एमाले, माओवादी केन्द्रबीच भएको इलाकालाई ब्युँताउने सहमति आफ्नो दललाई मान्य नहुने बताउनुभएको छ । सामाजिक सञ्जाल ट्वीटर मार्फत थापाले असन्तुष्टि जनाउँदै तीन दलको निर्णयलाई ‘सिण्डिकेट’ भन्नुभएको छ ।
यस्तै  सो  सहमतिप्रति एमाले भित्रबाटै असहमति प्रकट भएको छ । स्थानीय तह निर्धारण सम्बन्धमा पार्टीको तर्फबाट आधिकारिक धारणा तय गर्न बनाइएको अनौपचारिक कार्यदलका संयोजक किरण गुरुङले पञ्चायत फर्काउने षड्यन्त्र भएको सज्ञा दिनुभएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार