प्रचण्डहरुको राष्ट्रिय भेटघाट कात्तिकको कलिलो जाडोमा हुने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १० सोमवार १५:५२ बजे

प्रचण्डहरुको राष्ट्रिय भेटघाट कात्तिकको कलिलो जाडोमा हुने

काठमाण्डौ
असोज १०
सत्ताधारी दल  माओवादी केन्द्रले कात्तिकमा राष्ट्रिय भेला गर्ने भएको छ ।

पार्टीको  केन्द्रीय सचिवालयको बैठकले कात्तिक १० र ११ गते राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो । पार्टी सरकारमा गएपछी एकतापछिको महाधिवेशन स्थगीत गरेको माओबादीले अर्काे महिना  बोलाएको भेलाले संगठन संम्बधी महत्वपुर्ण निर्णय लिने प्रबक्ता पम्फा भुषालले जानकारी दिनुभयो । पार्टीको संगठनात्मक संरचनाबारे छलफल गर्न कोटेश्वरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले संगठनात्मक संरचनाको आकार घटाउने विषयमा छलफल गरेको नेताहरुले बताए । पार्टीको महाधिवेशन आयोजक समिति, केन्द्रीय कार्यालय, पोलिटब्युरो, सचिवालय लगायतका संरचना भद्दा भएको भन्दै घटाउने विषयमा माओबादीले छलफल सुरु गरेको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार