मोर्चा मुर्छा पर्नथालेपछि प्रचण्ड, केपी र शेरबहादुरले औषधी खोज्दै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ९ आइतवार १५:४९ बजे

मोर्चा मुर्छा पर्नथालेपछि प्रचण्ड, केपी र शेरबहादुरले औषधी खोज्दै

काठमाण्डौ
असोज ९
मधेसी मोर्चाको माग सम्वोधनका लागि प्रमुख दलहरुबीच सहमति जुटाउने उद्देश्यले प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठक बोलाउनुभएको छ ।

बैठक साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । प्रधानमन्त्री दाहालले यसअघि गत सोमवार बोलाउनुभएको सर्वदलिय बैठक बस्दै नबसी स्थगित भएको थियो । सो बैठकमा सहभागी हुन नसक्ने भन्दै नगएका एमालेका नेताहरु आजको बैठकमा भने जाने भएका छन्। एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्रीले प्रमुख ३ दलको बैठक बोलाउनुभएकाले आफूहरु सहभागी हुने बताउँदै  छलफलका एजेण्डाबारे भने जानकारी नगराइएको उल्लेख गर्नुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार