काठमाण्डौ
असोज ७
राजधानीको सुन्धारामा चक्काजाम गर्ने क्रममा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका १५ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
चन्दा संकलनको नाममा केही दिन अघि पक्राउ परेका शिवराम यादव, राम नेपालीसहित अन्य दुई केन्द्रीय सदस्यको मुद्दा खारेजी तथा रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पक्रेको हो । आज पक्राउ पर्नेम सो पार्टीका सचिवालय सदस्य दिनेश शर्मा, पवन श्रेष्ठसँगै केन्द्रीय सदस्य शारदा महत, प्रा.डा. जगदीशचन्द्र भण्डारी, हरिकृष्ण गजुरेल लगायत छन् ।
यसैबिच, अध्यक्ष बैद्यले विज्ञप्ति जारी गरी वर्तमान सरकारले निरंकुशता प्रदर्शन गरेको आरोप लगाउनुभएको छ । पक्राउ परेका नेता तथा कार्यकर्ता रिहाइको निम्ति आफ्नो पार्टीले गरेको शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरेर सरकार र प्रहरीले निरंकुशता प्रदर्शन गरेको वैद्यको आरोप छ । वैद्यले प्रदर्शनका क्रममा पक्राउ परेका नेता कार्यकर्तालाई अबिलम्ब रिहाइ गर्नसमेत माग गर्नुभएको ।
