लोकमानले लडाकु शिविरको हिसावकिताव खोज्दा प्रचण्डको मनको ढ्याङ्ग्रो बजेकै हो त !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ५ बुधवार १८:३१ बजे

लोकमानले लडाकु शिविरको हिसावकिताव खोज्दा प्रचण्डको मनको ढ्याङ्ग्रो बजेकै हो त !

काठमाण्डौ
असोज ५
नेकपा माओबादी केन्द्रले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको माओवादी केन्द्रको केन्द्रिय कार्यालयको बैठकले आगामी ८ गते बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्नेगरी सचिवालय बैठक बोलाएको हो । बैठकले संगठन सम्बन्धि निर्णय लिन केन्द्रीय सचिवालयको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । माओवादी केन्द्रको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन माओवादी लडाकु शिबिरमा भएको भनिएको आर्थिक अनियमितताकोे अनुसन्धान अघि बढाएकोे विषयमा समेत सामान्य छलफल भएको माओवादी स्रोतले जनाएको छ । घटनामा माओबादीका शिर्ष नेताहरु समेत मुछिने देखिएपछि रक्षात्मक रणनीति तय गर्नेबारे माओवादी केन्द्रभित्र छलफल चलिरहेको बुझिएको छ । शान्ति प्रक्रियापछि शिविरमा राखिएका माओवादी लडाकूहरुको तथ्याङक र सरकारले निकासा गरेको रकममा तालमेल नमिलेको भन्दै माओबादीका नेताहरुमाथी अख्तियारले छानविन थालेको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार