काठमाण्डौ
असोज ५
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले असोज २० गतेभित्र अनुदान सम्झौता भएका भूकम्पपीडितको खातामा पहिलो किस्ताबापत्को रकम जम्मा गरिसक्न अतिप्रभावित १२ जिल्लाका सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
एक सूचना जारी गर्दै मन्त्रालयले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुंगा र मकवानपुर जिल्लाका स्थानीय विकास अधिकारी, नगरपालिकाका कार्यकारी अधिकृत र गाविस सचिवहरुलाई असोज २० भित्र प्रथम किस्ता अनुदान रकम भुक्तानी दिइसक्न निर्देशन दिएको हो । ती जिल्लाहरुमा अनुदान सम्झौता गर्न बाँकी रहेका भूकम्प पीडित लाभग्राहीहरुसंग यथाशिघ्र प्रक्रिया पु¥याई अनुदान सम्झौता गर्न पनि मन्त्रालयले भनेको छ ।
