काठमाण्डौ
असोज ५
भारतका लागि प्रस्तावित राजदूत दिपकुमार उपाध्यायविरुद्व संसदीय सुनुवाई विशेष समितिमा ३ वटा उजुरी परेका छन्। चीनका लागि प्रस्तावित राजदूत लीलामणी पौड्यालबिरुद्ध भने कुनै उजुरी परेको छैन ।
समितिले उपाध्याय र पौड्यालको सुनुवाई प्रक्रिया थाल्दै उहाँहरुबिरुद्ध उजुरी दिन १० दिनको समय दिएकोमा उपाध्यायविरुद्ध इमेलमार्फत ३ वटा उजुरी परेको समितिले जनाएको छ। ती उजुरीमा यसअघि भारतको राजदूत रहेका उपाध्यायलाई यसअघिको सरकारले फिर्ता बोलाएका कारण फेरी त्यही नियुक्त हुन योग्य नरहेको, अघिल्लो कार्यकालमा भारतले गरेको नाकाबन्दी हटाउन कुटनीतिक तवरमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको तथा केपी ओली नेतृत्वको अघिल्लो सरकार ढाल्ने षड्यन्त्रमा सामेल भएको आरोप लगाइएको समितिका एक सदस्यले जानकारी दिए ।
