काठमाण्डौ
असोज ४
सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको छ ।
आज विहान प्रधानमन्त्री दाहाल निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले भ्रमण सफल भएको निष्कर्ष निकालेको हो । बैठकमा प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा आफुले गरेका गतिविधीका विषयमा नेताहरुलाई जानकारी गराउनुभएको थियो ।
बैठकमा केही नेताहरुले प्रधानमन्त्री दाहालले भारतीय समकक्षि नरेन्द्र मोदीसँग मिलेर जारी गरेको संयुक्त विज्ञप्तिमा केही विवादित विषयहरु उल्लेख गरेको भन्दै दाहालको आलोचना गरेका थिए ।पार्टीभित्र छलफल गरे अनुसार नगरी मुलुकको आन्तरिक विषयमा हस्तक्षेप पुग्ने खालका विषय उल्लेखित गरेको भन्दै नेताहरुले असन्तुष्टि प्रकट गरेका थिए ।
