अमेरिका पुगेका हाम्रा परराष्ट्रमन्त्रीले गफ दिए यस्तो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ४ मंगलवार १५:३१ बजे

अमेरिका पुगेका हाम्रा परराष्ट्रमन्त्रीले गफ दिए यस्तो

काठमाण्डौ
असोज ४
अमेरिकामा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले बहुआयामिक समस्याका रुपमा रहेको शरणार्थी समस्यालाई प्रभावकारी रुपमा त्यसको समग्रतामा पुगेर समाधान गर्नुपर्ने बताउनुभएको छ ।

महतले अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घको प्रधान कार्यालयमा आयोजित शरणार्थी तथा आप्रवासीसम्बन्धी उच्चस्तरीय बैठकमा स्पष्ट पहिचान गरेर मात्र सम्बन्धित व्यक्तिलाई आप्रवासी वा शरणार्थी भनेर छुट्याउनुपर्ने बताउनु भयो । मन्त्री महतले आजै जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय बैठकमा पनि सहभागी हुनु भएको छ । उहाँले अल्पविकसित, भूपरिवेष्टित विकासोन्मुख तथा टापू राष्ट्रहरुले संयुक्तरुपमा आयोजना गरेको उक्त बैठकमा मौसम परिवर्तनका कारण उत्पन्न चुनौतीको सामना गर्न आन्तरिक स्रोत र साधनले नभ्याउने भएकाले त्यसमा अन्तराष्ट्रिय सहयोग र साझेदारीको आवश्यकता रहेको बताउनु भयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार