मेस्सीले ड्याङ कि ड्याङ गोल गरेपछि अरुले पनि गोल पड्काए


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १ शनिवार २१:१८ बजे

मेस्सीले ड्याङ कि ड्याङ गोल गरेपछि अरुले पनि गोल पड्काए

काठमाण्डौ
असोज १
स्टार स्ट्राइकर मेस्सीको दुई गोलको मद्धतमा बार्सिलोनाले स्पेनिस ला लिगामा लेगानेसविरुद्ध शानदार जित दर्ता गरेको छ । लेगानेसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ५–१ को फराकिलो जित निकालेको हो । बार्सिलोनाका लागी मेस्सीले दुई तथा स्वारेज, नेयमार र राफिनाहले एक÷एक गोल गरे ।

यस्तै लेगानेसका एपेल्ट पिरेजले सान्तवना गोल फर्काए । बार्सिलोनाका स्टार स्ट्राइकर मेस्सी, स्वारेज र नेयमारले पहिलो हाफमै एक÷एक गोल गर्दै ३–० को अग्रता लिएका थिए भने दोश्रो हाफमा मेस्सीले पेनाल्टीमा गोल गरे भने राफिनाले एक गोल थपे । गत हप्ता नवप्रवेशी क्लब अलाभेससंग २–१ ले पराजित भएपछि बार्सिलोना आजको खेलमा आक्रामक रुपमा मैदान उत्रिएको थियो । लिग लिडर रियललाई चुनौति दिएर बार्सिलोनालाई उपाधि रक्षा गर्न पनि आजको खेल महत्वपूर्ण थियो । उसका लागी मेस्सीले खेल शुरु भएको १५ मिनेटमै गोल गरेर टिमलाई जिततिर उन्मुख गराए भने स्वारेजले ३१ र नेयमारले ४४ मिनेटमा गोल गर्दै अग्रता तेब्बर पारेका थिए । आजै राती हुने अन्य खेलमा एथ्लेटिको मड्रिड र स्पोर्टिङ गिजोन तथा एइबर र सेभिल्ला भिड्दैछन । अहिले एट्लेटिको र गिजोनबीचको खेल चलिरहेको छ । भने एइबर र सेभिल्लाबीचको खेल राती सवा १० बजे शुरु हुनेछ । यस्तै आजै राती साढे १२ बजे लास पलमास र मालागा पनि प्रतिष्पर्धा गर्नेछन ।


प्रतिक्रिया

सम्बन्धित समाचार