गठबन्धन बालुवाटार पस्यो कि संविधानमा कैची लाउने कुरा आइहाल्ने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २९ बुधवार १६:४५ बजे

गठबन्धन बालुवाटार पस्यो कि संविधानमा कैची लाउने कुरा आइहाल्ने

काठमाण्डौ
भदौ २९
संघिय गठबन्धनले आफुसँग भएका ३ बुदे सहमति कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाइ बालुवाटारमा भेटेर गठबन्धनका नेताहरुले देशको आन्तरिक मामिला छिटो हल गरेर संविधानको कार्यान्वयन गर्न आग्रह गरेका छन् । दाहालको नेतृत्वमा सरकार गठन गर्नेक्रममा मधेसी मोर्चासहितको गठबन्धनले ३ बुदे सहमति गर्दै प्रधानमन्त्रीको निर्वाचनमा दाहालको पक्षमा मतदान गरेको थियो ।

संविधान संशोधनको सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै गठबन्धनले पटक पटक सरकारको ध्यानाकर्षण गराउदै आएको छ । गठबन्धनसँगको छलफलमा प्रधानमन्त्री दाहालले संविधान संशोधनमा सरकार र मधेशी मोर्चा नजिकै रहेको भन्दै थप विश्वासको वातावरण बनाउन दुवै पक्षबाट पहल गर्न आग्रह गर्नुभयो । संविधान संशोधनको विषयसँग भारत भ्रमणको कुनै सम्बन्ध नभएको प्रधानमन्त्री दाहालले स्पष्ट पार्नुभएको छ । संविधान संशोधन देशको आन्तरिक मामिला भएको बताउदै उहाँले यसबारे राजनीतिक तहमा सम्वाद गरेर समाधानमा पुग्नुपर्ने बताउनुभयो । भारत भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने कुटनीतिक विषय भएको बताउदै प्रधानमन्त्री दाहालले संविधान संशोधन र भारत भ्रमणबीच कुनै सम्बन्ध नभएकोबारे हामी सबै स्पष्ट हुनुपर्ने बताउनुभयो । सो क्रममा गठबन्धनले प्रधानमन्त्री दाहाललाइ भारत भ्रमणको शुभकामना दिएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार