काठमाण्डौ
भदौ २७
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री महत र भारतीय विदेश मन्त्री स्वराजबीच भारतीय विदेश मन्त्रालयमा आज दिउँसो भेटवार्ता भएको हो ।
भेटमा उहाहरुबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमण, द्विपक्षीय हित लगायतका विषयमा छलफल भएको बताइएको छ। भदौ ३० गतेदेखि हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी स्वरुप परराष्ट्रमन्त्री महत हिजो भारत जानुभएको हो । भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री महतले भारतीय गृहमन्त्री राजनाथ सिंह, रक्षा मन्त्री, यातायात तेलमन्त्रीलगायतसँग आजै भेट्ने कार्यक्रम छ। परराष्ट्रमन्त्री महत मंगलबार भोलि स्वदेश फर्किनुहुनेछ ।
