ठूला आयोजनाहरुमा डुल्ने काम प्रचण्डले नै गर्ने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २७ सोमवार १५:३५ बजे

ठूला आयोजनाहरुमा डुल्ने काम प्रचण्डले नै गर्ने

काठमाण्डौ
भदौ २७
राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन आफैले गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनुभएको छ ।

आज राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री  दाहालले राष्ट्रिय गौरवका आयोजनाहरु तालिका बनाएर अनुगमनमा जाने बताउनुभएको हो  । उहाँले मातहतका आयोजनाहरुको अनुगमन र निरीक्षण गरी विकास आयोजना समयमै सम्पन्न गर्ने वातावरण सिर्जना गर्न मन्त्रीहरुलाइ समेत निर्देशन दिनुभयो । बैठकमा प्रधानमन्त्रीले एकातिर विकासका आयोजनामा रकम अभाव हुने र अर्कोतिर बिनियोजित पूँजीगत खर्च नहुने समस्या समाधानका लागि दण्ड र पुरस्कारको प्रावधान आवश्यक रहेकामा जोड दिनुभयो । पुँजीगत खर्चको सामथ्र्य यो वर्ष कम्तिमा ८० प्रतिशत पु¥याउनुपर्ने भन्दै त्यसका लागि राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र लापरवाही, ढिलासुस्ती गर्ने कर्मचारीलाई दण्डित गर्ने प्रावधान आवश्यक रहेको बताउनुभयो । दाहालले विकास आयोजना सम्बन्धि समितिका बैठकहरुमा आवश्यक गृहकार्य गरेर उपस्थित हुन मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभयो । प्रधानमन्त्रीले संघीय ढाँचाअनुसार विकासका आयोजनाहरु छनोट र कार्यान्वयन गर्न आवश्यक रहेको बताउँदै त्यसको तयारी गर्न पनि मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभयो ।  बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारका मूख्य सचिव, सचिवहरुले विकास आयोजनाहरुको स्थिति, समीक्षा, प्रगति विवरण र आगामी योजनाबारे आ–आफ्नो प्रगति बिवरण र सुझावहरु पेश गरेका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार