टेन्सन नलिन भीम रावललाइ प्रचण्डको आग्रह


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २६ आइतवार १५:०५ बजे

टेन्सन नलिन भीम रावललाइ प्रचण्डको आग्रह

काठमाण्डौ
भदौ २६
प्र्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा राष्ट्रियहित प्रतिकुल हुने गरी कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभएको छ ।

आसन्न भारत भ्रमणबारे व्यवस्थापिका–संसदको अन्तर्राष्ट्रिय श्रम समितिलाई जानकारी गराउँदै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्रीले कुनै विवादमा नपर्ने गरी सम्बन्धमा नयाँ विकास गर्ने उद्देश्यले आफु भारत जान लागेको भन्दै राष्ट्रिय हितभन्दा बाहिर गएर कुनै सम्झौता नहुनेमा विश्वस्त रहन आग्रह समेत गर्नुभएको छ । समितिले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा तय भएका एजेण्डाबारे जानकारी लिन प्रधानमन्त्री दाहाललाई बैठकमा बोलाएको हो ।
बैठकमा समिति सदस्यहरुले भ्रमणका क्रममा मुलुकको स्वाधिनताको विकल्पमा नजान प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए । समिति सदस्य तथा एमाले सांसद भिम रावललले भारत पुगेर नेपाली जनतासंग गरेको बाचा नबिर्सन प्रधानमन्त्री दाहाललाई सुझाव दिनुभएको थियो । जवाफमा प्रधानमन्त्री दाहालले आफ्नो भ्रमण दुई देशबीचको सम्बन्धलाई सुधार्नकै लागि आफु भारत जान लागेको भन्दै हरेक कुरालाई शंकाले नहेर्न आग्रह गर्नुभएको थियो ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले पर्सी मंगलबार सर्वदलीय बैठक गरी भारत भ्रमणका एजेन्डाका बारेमा जानकारी गराउने हुनुभएको छ  । सबै दललाई बोलाएर छलफल गरी भारत भ्रमणका एजेण्डा तयार पार्न प्रधानमन्त्रीले सर्वदलीय बैठक गर्न लाग्नुभएको हो । व्यवस्थापिका संसद अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आज बिहान बसेको बैठकमा भारत भ्रमणका बारेमा जानकारी दिँदै प्रधानमन्त्रीले २८ गते पर्सी मंगलबार सर्वदलीय छलफल गर्ने बताउनुभएको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार