काठमाण्डौ
भदौ २५
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाइ भारत भ्रमणको क्रममा राष्ट्रिय हितलाई प्राथमिकतामा राख्न सुझाव दिने भएको छ ।
पार्टी मुख्यालय धुम्वाराहीमा आज बसेको एमाले स्थायी समिति बैठकले भारत भ्रमण अघि पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटेर नेपाल तर्फबाट उठाउनुपर्ने विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकमा केन्द्रीय कमिटी सदस्यको कार्यविभाजनको पुनसंयोजन, प्रदेश संगठन, कमिटीको नामावलीलाई अन्तिम टुंगो, पार्टी प्रवेश र त्यसको व्यवस्थापन, सल्लाहकार परिषद्मा सदस्यको मनोनयन तथा जेष्ठ कम्युनिस्ट मञ्च गठन, स्थानीय तहको पुनःसरंचनालगायत विषयमा छलफल हुने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । अर्को बैठक भोलि १ बजेपनि बस्ने छ ।
