केवलकार र पूर्व ओली सरकार


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २२ बुधवार १८:५९ बजे

केवलकार र पूर्व ओली सरकार

काठमाण्डौ
भदौ २२
पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्नि राधिका र पार्टीका शीर्ष नेताहरुलाई साथ लिएर आज चन्द्रागिरी केवल कारको यात्रा गर्नुभएको छ ।

940x596xIMG_7848e.jpg.pagespeed.ic.aIdlBHxhJ9

थाइल्याण्डमा उपचार गराएर केहीदिनअघि फर्किएका ओली आज दलवलसहित चन्द्रागिरी पुग्नुभएको हो । चन्द्रागिरी हिल्स प्रा.लि.ले सञ्चालनमा ल्याएको केवलकार चढेर डाँडामा पुगेका ओलीले झण्डै ४ घण्टा त्यहाँ विताउनुभयो । उहाँको साथमा बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्षहरु बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, सचिव प्रदीप ज्ञवाली, नेता अमृतकुमार बोहरा लगायत हुनुहुन्थ्यो । एमाले नेताहरुकोे टोली  ‘घुमफिर वर्ष’ प्रबर्द्धनका लागि एमालेको इलाका कमिटीले आयोजना गरेकोे कार्यक्रममा पनि सहभागी भयो । अध्यक्ष ओलीलाई केवलकारको सञ्चालक संस्था चन्द्रागिरी हिल्स प्रालिका अध्यक्ष चन्द्र ढकालले डेडिकेटेड विद्युत् लाइनको अभावमा कहिलेकाँही केवलकार रोकिने समस्या रहेकोतर्फ ध्यानाकर्षण गराउँदा ओलीले अहिलेको सरकारबाट त्यो समस्याको समाधान नहुने भन्दै केहीसमयपछि बन्ने अर्को सरकारले सम्वोधन गर्ने बताउनुभएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार