२ लाख दिन नसकिरहेका बेला ५ लाखको धाक !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ १९ आइतवार २१:३९ बजे

२ लाख दिन नसकिरहेका बेला ५ लाखको धाक !

काठमाण्डौ
भदौ १९
प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प पिडितलाइ तत्काल ३ लाख रुपैया अनुदान दिने बताउनुभएको छ । आज विहान सिन्धुपाल्चोकका सांसदहरुको सर्वपक्षीय प्रतिनिधि मण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले भूकम्प पिडितलाइ तत्काल १ लाख रुपैया थपेर ३ लाख अनुदान र २ लाख सहुलियत ऋण गरी ५ लाख रुपैया उपलव्ध गराउन प्रकृया अघि बढिसकेको बताउनुभयो । छुट भएका भुकम्प पीडितको नाम संकलनका लागि प्रक्रिया सुरु गर्न आफूले निर्देशन दिइसकेको उहाँले बताउनुभयो ।

साथै प्रधानमन्त्री दाहालले तातोपानी नाका खोल्न र  अरनीको राजमार्ग मर्मत गर्न आफुले पहल गरिरहेको बताउनुभयो । सिन्धुपाल्चोकका सांसदहरु अमृत बोहरा, अग्निप्रसाद सापकोटा, मोहनवहादुर बस्नेत, शेरवहादुर तामाङ र रमेश लामाले प्रधानमन्त्री दाहाललाइ भेटेर छुट भएका भुकम्प पीडितको नाम समावेश, भुकम्प र बाढी पहिरो पीडितलाई राहत, अरनीको राजमार्ग र तातोपानी नाका सुचारु गर्नुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् । यसैबिच, प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रियाको पूर्णता, संविधानको कार्यान्वयन, पुर्न्निर्माण तथा निर्वाचनसहितका आफूले अघि सारेका राष्ट्रिय प्राथमिकताप्रति अमेरिकाले सकारात्मक सहयोग र सदभाव राखेकोमा हार्दिक आभार प्रकट गर्नुभएको छ । आज साझ प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकी सहायक विदेशमन्त्री निसा विश्वास सँगको भेटमा प्रधानमन्त्री दाहालले आगामी दिनमा पनि शान्ति प्रक्रियाको पूर्णता, संविधानको कार्यान्वयन, स्थानीय, प्रदेश र केन्दीय निकायको निर्वाचन एवम् पुर्न्निर्माण सहित विकास निर्माणका एजेण्डाहरुमा अमेरिकाको सहयोग र सदभाव रहने विश्वास व्यक्त गर्नुभएको हो । प्रधानमन्त्रीले अघि सारेका राष्ट्रिय एजेण्डाप्रति समर्थन जनाउँदै सहायक विदेशमन्त्री विस्वासले नेपालको प्रगति र सम्वृद्धिप्रति अमेरिकाले नजिकवाट सहयोग गर्ने वताउनु भयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार