विदेश घुमेर आएपछिमात्र प्रचण्ड संशोधनबारे घोत्लिने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ १७ शुक्रवार १८:५२ बजे

विदेश घुमेर आएपछिमात्र प्रचण्ड संशोधनबारे घोत्लिने

काठमाण्डौ
भदौ १७
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणअघि संविधान संशोधन प्रकृया अघि नबढ्ने भएको छ । बर्तमान सरकार गठनका क्रममा ३ बुदे सहमति गर्दै आन्दोलन फिर्ता लिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको गठबन्धनका नेताहरुले प्रधानमन्त्रीको भारत भ्रमण अघि नै संविधान संशोधनको प्रकृया अघि बढाउनुपर्ने बताएपनि त्यसो नहुने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले रिपोर्टस् क्लवमा आज आयोजित साक्षात्कारमा प्रधानमन्त्रीको भारत र अमेरिकाको भ्रमण पछिमात्र संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताउनुभयो । प्रधानमन्त्री दाहालको भारत भ्रमण अघि नै संविधान संशोधन प्रकृया अघि बढाउने सरकारको चाहना भएपनि संशोधनबारे बहस जारी रहेकोले केही समय लाग्ने उहाँको भनाई थियो । संविधान संशोधन प्रक्रिया अघि बढाउने विषयमा प्रमुख राजनीतिक दलहरुवीच छलफल जारी रहेकोले चाँडै निश्कर्षमा पुगिने भन्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार खनालले मधेशको मुद्दा सम्बोधन गर्ने कुरामा आफ्नो पार्टी नेकपा माओवादी केन्द्र अत्यन्तै गम्भिर रहेको बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार