जेलमा रहेका कार्यकर्ता बचाउने दौडधुप


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ १७ शुक्रवार १५:४१ बजे

जेलमा रहेका कार्यकर्ता बचाउने दौडधुप

काठमाण्डौ
भदौ १७
संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले तराई मधेशमा गत बर्ष भएको आन्दोलनका क्रममा मुद्दा चलाइएका र हाल थुनामा रहेका आफ्ना कार्यकर्ताको सूची आज सरकारलाई बुझाएको छ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीलाई आज विहान मन्त्रालयमा भेटेर मुद्धा लागेका ४ सय ९१ जना र थुनामा रहेका ५० कार्यकर्ताको नामावली बुझाइएको मोर्चा आवद्ध सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभयो ।

morcha
मोर्चाले उनिहरुबिरुद्धको मुद्दा तत्काल फिर्ता लिन र थुनामा रहेकाहरुलाई तत्काल रिह ागर्न माग गरेको छ । मोर्चाले गृहमन्त्री निधिलाई बुझाएको सूचीमा गत वर्ष भदौ ७ गते कैलालीको टिकापुरमा ८ जना प्रहरी र १ नावालक ज्यान जानेगरी भएको हिंसात्मक घटनामा संलग्नताको आरोप लागेका धनीराम थारु, रेशम चौधरीलगायतको नाम पनि समावेश छ । मधेश आन्दोलनको क्रममा राज्यले आफ्ना कार्यकर्तामाथी झुठा मुद्धा लगाएको भन्दै मोर्चाले फिर्ता लिन माग गर्दै आएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुनुअघि मोर्चाले सो पार्टी र नेपाली कांग्रेससंग गरेको तीन बुँदे सहमतिमा पनि मुद्दा फिर्ताको बिषय उल्लेख थियो । यस्तै मोर्चाले मधेश आन्दोलन मारिएका अन्य १६ जनालाई पनि सहिद घोषणा गर्न तथा घाईतेको उपचार गर्न माग गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार