सरकारको कान निमोठ्दै संसदीय समिती


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ १५ बुधवार १५:२२ बजे

सरकारको कान निमोठ्दै संसदीय समिती

काठमाण्डौ
भदौ १५
स्थानीय तहको निर्वाचन गराउन आवश्यक कानूनको मस्यौदा तत्काल संसदमा पेश गर्न व्यवस्थापिका संसदको विकास समितिले

सरकारलाई निर्देशन दिएको छ । Bikash-Samiti

संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई आज बोलाएर छलफल गरेपछि समितिले त्यस्तो निर्देशन दिएको हो । समितिले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने स्थानीय तहको संरचनालाई वैज्ञानिक र स्पष्ट मापदण्डका आधारमा छिटो निक्र्यौल गरी कार्यान्वयनमा लैजान पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सम्बन्धी नियमावली यथाशिघ्र तयार गर्न पनि स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार