एमाले उफ्रिन थाल्यो प्रचण्डविरुद्ध


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ ५ आइतवार १९:०३ बजे

एमाले उफ्रिन थाल्यो प्रचण्डविरुद्ध

काठमाण्डौ
भदौ ५
प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दलका सांसदहरुले संविधान संशोधनका विषयमा भारतमा छलफल चलाइएको भन्दै सरकारको आलोचना गरेका छन् ।

व्यवस्थापिका संसदको आज बसेको संसद बैठकमा बोल्ने विपक्षी दलका सांसदहरुले संविधान संशोधनका लागि संसदमै छलफल चलाउनु पर्ने भन्दै भारतमा छलफल गरिएकोमा आपत्ति जनाएका हुन् । संसद बैठकमा बोल्दै एमाले सांसद यज्ञराज सुनुवारले प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट मधेसी दलका माग सम्बोधनका लागि संविधान सम्बोधन हुन्छ भन्ने सन्देशसहितको पत्र भारतलाइ बुझाएकोमा आपत्ति जनाउनुभयो । संविधान संशोधन गर्ने भनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ पत्र पठाउनु लज्जाको विषय भएको भन्दै सांसद सुनुवारले यसले दिल्लीबिना नेपालमा केही हुँदैन भन्ने सन्देश गएको बताउनुभयो । संविधान संशोधन गर्न भारतको समर्थन र साथ आवश्यक नपर्ने टिप्पणी गर्दै सांसद सुनुवारले संविधान संशोधनका लागि दलहरुबीच संवाद थाल्नु पर्ने सुझाव सरकारलाई दिनुभयो । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणले नेपालको राष्ट्रियतामाथि नै चिन्ता उत्पन्न गराएको आरोप लगाउनुभयो । उहाँले संविधान संशोधनका विषयमा दिल्लीमा उपप्रधानमन्त्री निधिले थालेको छलफलले सरकार भारतको इशारामा चलेको पुष्टि भएको बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार