कांग्रेसलाइ ५ सय ६५ ले नपुग्ने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ ५ आइतवार १८:५८ बजे

कांग्रेसलाइ ५ सय ६५ ले नपुग्ने

काठमाण्डौ
भदौ ५
स्थानीय निकाय पुर्नसंरचनाबारे पार्टीको आधिकारिक धारणा तय गर्न नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको दुइदिने भेला काठमाडौँमा जारी छ । राजधानीको बानेश्वरस्थित एक पार्टी प्यालेसमा आयोजित भेलाको सभापति शेरबहादुर देउवाले आज विहान उद्घाटन गर्नुभयो ।  timthumb

उद्घाटनपछि भेलालाई सम्वोधन गर्दै सभापति देउवाले संविधानले गाउँ र नगरपालिकाको संख्या यति नै हुनुपर्छ भनि नतोकेकाले जनताको विश्वासमा उनीहरूको सेवाका लागि व्यवहारिक ढंगले सीमा र संख्या निर्धारण गर्नुपर्ने बताउनुभयो । बारामा गत बर्षरामा सेवा केन्द्र सार्दा भएको तनावको उदाहरण दिंदै सभापति देउवाले सबै दल र जनताको सहमति र विश्वास विना पुनसंरचना सम्भव नभएको भन्दै गाउँ र नगर पालिकाको सिमा र संख्या तय गर्दा जनताको सहमति नलिए थप थप द्वन्द्व उब्जिने उल्लेख गर्नुभयो । स्थानिय निकायको सीमा र संख्याबारेको विवाद अरू दलसँगको सहमतिमा लचिलो भई छिटो टुंगो लगाउन आफ्नो पार्टी तयार रहेको देउवाको भनाई थियो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निकायको संख्या र सीमा निर्धारण गर्न गठन गरिएको आयोगले ५ सय ६५ वटा स्थानीय निकायको प्रस्ताव ल्याएबाट देश पुनः द्वन्द्वमा धकेलिने  खतरा बढेको टिप्पणी गर्नुभयो ।  अहिलेको जिल्ला तहलाई कायमै राख्नुपर्ने भन्दै पौडेलले जिल्लाको संरचना राख्दा जनतालाई शासनको पहुँचमा सजिलो हुने बताउनुभयो । भेलामा कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्रीहरु प्रकाशमान सिंह र कृष्ण सिटौला लगायतले आयोगको प्रस्ताव पूर्ण नभएकाले स्वीकार्न नसकिने बताउनुभयो ।
आयोगको प्रस्तावबारे सबै जिल्लाका सभापतिहरुको धारणा बुझ्न कांग्रेसले भेला बोलाएको हो । कांग्रेसका अधिकांश जिल्ला सभापतिहरु आयोगको प्रस्तावप्रति असहमत छन् । केही दिनअघि काठमाडौँमा उपलब्ध जिल्ला सभापतिहरुको भेलाले कम्तीमा १ हजार स्थानीय सरकार रहने गरी पुर्नसंरचना गर्न माग गरेको थियो । कांग्रेस सांसदहरुले स्थानीय निकायको संख्या बढी राख्न माग गरेपछि कांग्रेसले औपचारिक भेला बोलाएर निष्कर्ष निकाल्न लागेको हो । भेलाबाट आएको निष्कर्षलाई केन्द्रीय समितिले ग्रहण गर्ने र अन्य दलसंगको संवादमा लैजाने कांग्रेसले जनाएको छ । जिल्ला सभापतिहरुको भेला भोली सकिने छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार