प्रचण्डले के आँटे गाँठे महाधिवेसन नै बिर्सिएर


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ ३ शुक्रवार १८:४५ बजे

प्रचण्डले के आँटे गाँठे महाधिवेसन नै बिर्सिएर

काठमाण्डौ
भदौ ३
आगामी पुस २३ गते हुने भनिएको नेकपा माओवादी केन्द्रको एकता महाधिवेसन स्थगित भएको छ । लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निजी निवासमा आज बसेको माओवादी केन्द्रको केन्द्रिय कार्यालयको बैठकले महाधिवेसन स्थगित गरेको हो ।

dd

साथै यहि भदौ ११ गते माओवादी केन्द्रले बोलाइएको महाधिवेसन आयोजक समिति सदस्यहरुको राष्ट्रिय भेला पनि स्थगित भएको छ । आफ्नै नेतृत्वमा सरकार गठन भएकाले राष्ट्रिय महत्वका धेरै काम गर्नुपर्ने चुनौति नवगठित सरकारसामु रहेकाले पूर्वनिर्धारित समयमा एकताको महाधिवेशन हुन नसक्ने माओवादी केन्द्रको निष्कर्ष छ । विभिन्न १० वटा माओवादी शक्तिहरुबिच पार्टी एकता भएसँगै माओवादी केन्द्रको एकता महाधिवेसन आगामी पुस २३ गते गर्ने तय भएको थियो । आजको बैठकमा महाधिवेसनको बिकल्प खोज्नेबारे पनि छलफल भएको तर ठोस निष्कर्षमा पुग्न नसकिएको माओवी अध्यक्ष दाहालको नीजि सचिवालयले जनाएको छ । महाधिवेसनको बिकल्पमा राष्ट्रिय सम्मेलन,बिस्तारित बैठक वा अन्य विकल्पमा जाने भन्नेबारे पनि माओवादी केन्द्रमा छलफल भएको छ । माओवादी केन्द्रको केन्द्रिय कार्यालयको बैठक भोलि पनि बस्नेछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार