सरकारबारे सास फेर्दै कांग्रेस


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ ३ शुक्रवार १८:५९ बजे

सरकारबारे सास फेर्दै कांग्रेस

काठमाण्डौ
भदौ ३
सत्तासाझेदार दल नेपाली कांग्रेसले भातृ संस्था नेपाल विद्यार्थी संघको महाधिवशेन सकिएलगत्तैे पार्टीबाट सरकारमा पठाउने थप नेता चयनको गृहकार्य अघि बढाएको छ । पार्टीभित्रको भागबण्डा नमिल्दा रोकिएको मन्त्री छनोटलाई सहमतिका आधारमा अघि बढाउन सभापति शेरबहादुर देउवाले आन्तरिक गृहकार्य तिब्र पार्नुभएको हो ।

यसअघि नेविसंघको महाधिवेशनलाई कारण देखाएर मन्त्री छनोट हुन नसकेको बताउँदै आएको कांग्रेसले  सोमबार साँझसम्म पार्टीमा सहमति गर्ने र मंगलबार भित्र सबै मन्त्रीको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसक्ने तयारी गरेको नेता वालकृष्ण खाँडले जानकारी दिनुभयो ।
यसैबिच, नेपाली कांग्रेसले महाधिवेसन सकिएको पाँच महिना पूरा हुँदासम्म केन्द्रीय समितिमा रिक्त  पदहरुमा मनोनयन गर्न सकेको छैन । गत फागुनमा सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय महाधिवेसनपछि विधानअनुसार मनोनयन गनुपर्ने उपसभापति, महामन्त्री र सह–महामन्त्री पदमा मनोनयन गर्न नसकेको हो । नेपाली कांग्रेसले सभापति देउवाको कार्यव्यवस्तताको कारण देखाउँदै आएपनि पार्टीको आन्तरिक विवादले ढिला भएको स्रोतको दाबी छ । नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले एक महिना भित्र सबै बाँकी काम पुरा गर्ने तयारी गरिएको बताउनुभएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार