एमाले मुर्मुरिन थाल्यो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ ३ शुक्रवार १८:५१ बजे

एमाले मुर्मुरिन थाल्यो

काठमाण्डौ
भदौ ३
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र नयाँ राजनीतिक समिकरण बनाएर जानेबारे छलफल भएको छ । राजधानीको धुम्बाराहीस्थित पार्टी कार्यालयमा आज बसेको एमाले स्थायी कमिटी बैठकमा माओवादी केन्द्रसँगको गठबन्धन नचाहादा नचाहदै टुटेको निष्कर्ष

is

निकाल्दै नयाँ राजनीतिक समिकरण निर्माणबारे छलफल भएको हो ।

आजको बैठकमा नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ र छविलाल विश्लकर्माले आ– आफ्नो धारणा प्रस्तुत गर्दै माओवादी केन्द्रले विभिन्न शक्तिको प्रलोभनमा परी राजनीतिक समिकरणको कोर्श बदल्न चाहेको आरोप लगाएका छन् । बैठकमा संविधानसभा र संसदमा पार्टीले खेलेको भूमिका, अध्यक्ष केप ओलीको नेतृत्वमा गठित सरकार र त्यसले गरेका काम, पार्टीको आन्तरिक क्रियाकलाप र आगामी कार्यभार लगायतबारे छलफल भएको सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराइद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । साथै एमालेले संविधान निर्माणमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको, पार्टी नेतृत्वको सरकारले जनता र राष्ट्रका पक्षमा सकारात्मक काम गरेको, नेपालको परराष्ट्र सम्बन्धलाई सन्तुलित रुपमा परिचालन गरेको, राष्ट्रको आर्थिक समृद्धिका पक्षमा जनतामा आत्मविश्वास बढाएको निष्कर्ष निकालेको छ । राजनीतिक तथा संगठनात्मक क्षेत्रबाट एकताबद्ध बनाउँदै आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्ति बन्न पार्टीलाई परिचालन गर्नुपर्नेमा एमालेले जोड दिएको छ । एमाले स्थायी समिती बैठकमा प्रदेश कमिटीको संयोजक चयनबारे भने आजपनि छलफल हुन सकेन । एमालेभित्र प्रदेश कमिटी संयोजक चयन गर्ने विषयमा संस्थापन पक्ष र नेता माधव कुमार नेपाल पक्षबीच विवाद छ । एमाले स्थायी कमिटी बैठक पर्सी आइतबार पुनः बस्नेछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार