
काठमाण्डौ
साउन ३२
प्रधानमन्त्री पुष्पकमल दाहालले बेपत्ता परिवारलाई राहत दिने एवं शान्ति प्रक्रियाका बाँकी काम पुरा गराउन आफ्नो ध्यान रहेको बताउनु भएको छ । सहिद तथा बेपत्ता परिवारसँग प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा सहिद तथा बेपत्ता परिवारप्रति अहिलेको समयमा राज्यले के गर्न सक्छ, त्यसमा गर्न सकिने अधिकतम् प्रयास आफूले गर्ने बताउनु भयो ।
भेटमा सहिद तथा बेपत्ताका परिवारहरुले बेपत्ताहरुको अवस्था सार्वजनिक गर्न, जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न, सहिद परिचय पत्रको व्यवस्था गर्न, शान्ति प्रक्रियाका बाँकी कामहरु टुंगो लगाउन प्रधानमन्त्रीसँग अनुरोध गरेका थिए ।
यसैबिच, सवारी दुर्घटनामा परी केही समयअघि निधन हुनुभएका नेकपा माओवादी केन्द«का नेता तथा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवा लिम्बुको परिवारलाई आज प्रधानमन्त्री दाहालले भेट गर्नुभएको छ । भेटमा प्रधानमन्त्री दाहालले देशले एक इमान्दार र प्रतिभाशाली नेता गुमाएको भन्दै दुख व्यक्त गर्नुभयो । साथै स्वर्गीय पूर्वमन्त्री खेवाको परिवारको शिक्षदिक्षामा माओवादी केन्द्रले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।