
काठमाण्डौ
साउन ३२
नेकपा क्रान्तीकारी माओवादीका अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाललाइ भेटेर सुकुम्बासी समस्या समाधान गर्न ध्यानाकर्षण गराउनुभएको छ ।
अध्यक्ष वैद्यसँगै पुगेको सुकुम्बासी प्रतिनिधिको टोलीले प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर प्रतिनिधीमण्डलले बैकल्पिक व्यवस्था बिना सुकुम्बासी बस्ती नहटाउन, बत्ती, पानी, बिजुलीको आपूर्ति सहज बनाउन, वास्तविक र नक्कली सुकुम्बासीको पहिचान गर्न, सुकुम्बासीलाई क्षतिपूर्तिको व्यवस्था गर्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउनुभएको हो । सो क्रममा प्रधानमन्त्री दाहालले सुकुम्बासीहरुका समस्या समाधानमा नयाँ सरकारले अधिकतम् पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । वर्षातको समस्यामा बैकल्पिक व्यवस्था बिना सुकुम्बासी हटाउने काम न्यायोचित नहुने भन्दै प्रधानमन्त्री दाहालले त्यसका लागि सरकारले निर्देशन दिइसकेको बताउनुभयो । उहाँले व्यवस्थित र संस्थागत रुपमा सुकुम्बासीका समस्या समाधानमा सबैको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।