चिन्ता गर्दै बान्,विद्रोहीको ठाडो कान


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ९ आइतवार १५:५३ बजे

चिन्ता गर्दै बान्,विद्रोहीको ठाडो कान

काठमाण्डौ
असोज ९
सिरियाको अलेप्पोमा भइरहेको बढ्दो हवाई आक्रमणप्रति संयुक्त राष्ट्र संघका महासचिव बान कि मूनले चिन्ता व्यक्त गर्नुभएको छ ।

अमेरिका, बेलायत र फ्रान्सको आह्वानमा  अमेरिका स्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा भएको सुरक्षा परिषदको छलफलमा बानले अलेप्पोमा बढ्दो सैनिक हस्तक्षेप र यसबाट सर्वसाधारण मारिने क्रम बढेकामा चिन्ता व्यक्त गर्नुभएको हो  । लगातार गरिएका हवाई र बम आक्रमणबारे चासो राख्दै महासचिव बानले विश्वभरको प्रतिवद्धता हुँदाहुँदै पनि मानवीय सुरक्षा गर्न विफल हुनु सबैका लागि अन्धकारयुक्त भएको बताउनुभयो । गत सातामात्र सिरियामा लागू भएको युद्धविराम सकिएसँगै विद्राहि नियन्त्रित सिरियाको अलेप्पोमा सरकारी सेनाले हवाई आक्रमण तीव्र्र बनाएको छ । सिरियाली सरकारको हवाई आक्रमणबाट त्यहाँका सर्वसाधारणको जनजीवन भने कष्टकर बनेको छ । त्यहाँ रहेका २५ लाख जनताले खानेपानीको चरम अभावको समाना गरिरहेको राष्ट्रसंघले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार