कुखुरा मारेजस्तै काश्मिरमा भकाभक सैनिक मारियो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज २ आइतवार १६:१९ बजे

कुखुरा मारेजस्तै काश्मिरमा भकाभक सैनिक मारियो

काठमाण्डौ
असोज २
भारत प्रशासित काश्मिरको उत्तरी क्षेत्रमा आज बिहान आतंकबादी आक्रमण भएको छ । सो आक्रमणमा कम्तीमा १७ सैनिक र चार विद्रोहीको मृत्यु भएको सेनाको उत्तरी कमाण्डलाई उदृत गर्दै समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

बारामुलस्थित सैन्य क्षेत्रमा आज बिहान साढे ५ बजे आत्मघाती आक्रमण भएको त्यहाँको प्रहरीले जनाएको छ । घाईते सैनिकहरुलाई हेलीकप्टर्समार्फत अस्पताल लगिएको छ । आक्रमणपछि रुस र अमेरिकाको भ्रमणमा जान लागेका भारतका गृहमन्त्री राजनाथ सिंहले भ्रमण स्थगित गर्नुभएको छ । सिंह भोली रुस र अमेरिकाको भ्रमणमा जाने कार्यक्रम थियो । गृहमन्त्री सिंहले गृह सचिव र गृह मन्त्रालयका बरिष्ठ अधिकारीलार्य जम्मू काश्मिरको अवश्थाप्रति निगरानी बढाउन निर्देशन दिनुभएको छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले काश्मिर घटानाको कडा आलोचना गर्नुभएको छ । उहाँले ट्वीटमार्फत तीखो प्रतिक्रिया जनाउँदै घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाहि गर्ने बताउनुभएको छ । पछिल्ला दिनमा काश्मिरमा जारी हिंसाका कारण अहिलेसम्म ८० जना भन्दा बढिको मृत्यु भईसकेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार