काठमाण्डौ
भदौ २५
उत्तर कोरियाले संयुक्त राष्ट्रसंघ तथा अन्य शक्तिशाली राष्ट्रहरुको आग्रह अस्विकार गर्दै एकपछि अर्को आणविक बम परिक्षण,मिसाइल परिक्षण गर्दै आएको छ ।
जसले गर्दा विश्वकै शक्तिशाली देशहरु थर्कमान छन् । हुन त तानाशाह र निरंकुशताले जेलिएको उत्तर कोरियामा नेता किम जोनको मानसिकतामा जे आउछ,त्यहि हुदै आएको छ । जसलाइ पूरै उत्तर कोरियालाइ स्विकारेकै छ । यद्यपी उत्तर कोरियाले शक्तिशाली परमाणुु परीक्षण गरेको प्रति विभिन्न शक्ति राष्ट्रका नेताहरुले भत्र्सना गरेका छन् । उत्तर कोरियाले आफ्नो राष्ट्रिय दिवसको अवसरमा हिजो गरेको परमाणु परीक्षण अहिलेसम्मकै ठूलो परमाणु परीक्षण भएको बताइएको छ । पछिल्लो विष्फोट दोस्रो विश्वयुद्धका बेला जापानको हिरोशिमामा खसालिएको बमभन्दा पनि शक्तिशाली भएको बताइएको छ । उत्तर कोरियाको सो कदमको अमेरिकाले हिजै प्रतिक्रिया दिईसकेको छ । अमेरिकी राष्ट्रपति बराक ओबामाले त्यो परीक्षण विश्व शान्तिका लागि ठूलो खतरा भएको टिप्पणी गर्नुभएको छ । उत्तर कोरियाले पागलशैलीको लापरवाही गरेको भन्दै दक्षिण कोरियाले त्यसको आलोचना गरेको छ । चीनले पनि उत्तर कोरियाको सो कदमको भत्र्सना गरिन्छ । चीन उत्तर कोरियाको प्रमुख मित्र शक्ति राष्ट्र मानिन्छ । चीनले उत्तर कोरियालाई निस्शस्त्रीकरणप्रतिको आफ्नो प्रतिबद्धताको सम्मान गर्न आग्रह गरेको छ । रुसले पनि उत्तर कोरियाले गरेको पछिल्लो परीक्षणलाई खतरनाक कदमको संज्ञा दिएको छ । जापानका प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियाको कदमको कडा आलोचना गर्दै पछिल्लो परिस्थिति असह्य भएको प्रतिक्रिया दिएनुभएको छ । उत्तर कोरियाको भनाइमा पछिल्लो परीक्षणसंगै उसले नयाँ ‘वारहेड’ अर्थात युद्धशीर्षको विकास गरेको छ । उसले त्यसमा अब मध्यम दूरीका परमाणु अस्त्र राख्न सकिने बताएको छ । प्योङयाङले सन् २००६ मा उत्तर कोरियाले आफ्नो पहिलो परमाणु परीक्षण गरेको थियो । त्यसपछि उत्तर कोरियाविरुद्ध नाकावन्दी लगाइएको छ । तथापि उसले परमाणु परीक्षणको क्रम रोकेको छैन ।
