काठमाण्डौ
भदौ २३
विश्व नम्बर एक अमेरिकी सेरेना विलियम्स अमेरिकामा जारी युएस ओपन टेनिसको सेमिफाइनलमा पुगेकी छन ।
आज बिहान भएको क्वाटरफाइनलमा छैटौं बरियताकी सिमोना हालेपलाई पराजित गर्दै सेरेनाले सेमिफाइनलको स्थान पक्का गरेकी हुन । ६ पटकी विजेता सेरेनाले सिमोनालाई ६–२, ४–६ र ६–३ को सेटमा हराएकी हुन् । सेरेनाले समेमिफाइनलमा १० औं बरियताकी चेक गणतन्त्रकी कारोलिना लिस्कोवासँग खेल्ने छिन् । यस्तै आजै बिहान भएको पुरुषतर्फको खेलमा विश्वमा नम्बर दुई बेलायती एण्डी मुर्रे भने युएस ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । उनी जापानका केइ निशि कोरिसंग पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएका हुन् । जापानका निशिकोरि सातौं बरियता खेलाडी हुन् । निशिकोरिले मुर्रेलाई १–६, ६–४, ४–६, ६–१ र ७–५ को सेटमा पराजित गरेका हुन ।
