पायोनियर उपत्यकाब्यापी अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न, पायोनियर कै बर्चस्व


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ २९ शनिवार १४:१० बजे

पायोनियर उपत्यकाब्यापी अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न, पायोनियर कै बर्चस्व

२९ माघ, 

काठमाडौँ ।

राजधानीको कपनमा रहेको पायोनियर पब्लिक स्कुलले २७ गते बिहिबारबाट सुरु भएको चौथो पायोनियर उपत्यकाब्यापी अन्तर विद्यालय प्रतियोगिता तथा तेश्रो पायोनियर खुल्ला ब्लिज बुद्धिचाल प्रतियोगीता सम्पन्न गरेको छ ।
स्कुलको आफ्नै प्रांगनमा गरिएको उक्त प्रतियोगितामा ११० विद्यार्थीहरु सहभागि भएका थिए । शुक्रबार विजेता विद्यार्थी खेलाडीहरुको टुंगो लागेको हो ।

payoneer chess compidition girls
विजेता हुनेमा जुनिएर छात्र तर्फ पहिलो भएका छन अन्नपुर्ण स्कुलका छात्र पवेश लामा, दोश्रो दिपज्याती स्कुलका छात्र जनिल मिया, तेश्रो पायोनियर स्कुलका छात्र मन्दिप राई । यसैगरी जुनिएर छात्रा तर्फ पहिलो पायोनियर स्कुलकी छात्रा सुप्रिया बुढाथोकी, दोश्रो ग्रिनल्याण्ड स्कुलकी छात्रा समृद्धि पाण्डे र तेश्रो अन्नपुर्ण स्कुलकी छात्रा नेहादास बानिया भएकी छिन ।
सिनियर छात्र तर्फ पायोनियर स्कुलका छात्र बिराज पुडासैनी पहिलो भएका छन् भने दोश्रो पायोनियर स्कुलका छात्र सौरभ पोखरेल र तेश्रो कन्चनजंगा स्कुलका छात्र प्रमित अमात्य भएका छन ।
सिनियर छात्रा तर्फ पायोनियर स्कुलकी छात्रा आभा पुडासैनी पहिलो भएकी छिन भने दाश्रो पायोनियर स्कुलकी छात्रा अनिशा न्यौपाने र तेश्रो त्रियोग स्कुलकी छात्रा तेजास्वीनि लामा भएकी छिन ।
शनिबार एक कार्यक्रमको आयोजना गरी उक्त प्रतियोगिताको समापन गरिने स्कुलका फाउण्डररप्रिन्सिपल राजन श्रेष्ठले जानकारी गराउनु भयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार