काठमाण्डौ
मंसिर १
अफ्रिकी मुलुक नाइजेरियामा बोको हरामका कारण केहि महिना यता ७५ हजार बालबालिका भोकमरीले मर्न लागेको संयुक्त राष्ट्र संघले जनाएको छ ।
संयुक्त राष्ट्र संघको मानवीय सहायता संयोजक पिटर लुण्डबर्गले ४० लाख बालबालिका मध्ये त्यहाँका ७५ हजार बालबालिकालाई गम्भिरता पुर्वक तत्काल सहयता प्रदान गर्न नसके अबको केहि महिना भित्र उनीहरुको ज्यान जाने बताउनु भएको हो । यस्तै लुण्डबर्गले संयुक्त राष्ट्रसंघसँग भोकमरीको संकटकाल टार्नसक्ने बजेट नभएको बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।
त्यस्तै उहाँले उत्तर पुर्वी नाइजेरियामा विद«ोहि बोकोहरामका पुर्व लडाकु १ करोड ४० लाख हाराहरीका मानिसहरुलाई पनि मानवीय सहायता चाहिएको बताउनु भएको छ । नाइजेरियामा सन २००९ यता बोकोहरामले शशस्त्र संघर्ष सुरु गरेयता प्रत्येक हजार जनसंख्या मध्ये १० जनाको ज्यान गएको छ भने २० लाख मानिस विस्थापित भएका छन् ।
