ओलम्पिकमा अमेरिका अगाडि


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ साउन ३२ मंगलवार २२:०६ बजे

ओलम्पिकमा अमेरिका अगाडि

काठमाण्डौ
साउन ३२
ब्राजिलमा जारी रियो ओलम्पिकको पदक तालिकामा हालसम्म २६ स्वर्ण, २३ रजत र २६ कास्य गरी कुल ७५ पदक जितेको अमेरिका शीर्ष स्थानमा छ ।

दोस्रो स्थानमा रहेको बेलायतको १६ स्वर्ण, १७ रजत र ८ कास्य गरि कुल ४१ पदक जित्दै अमेरिकालाई पछयाईरहेको छ । १५ स्वर्ण, १४ रजत र १७ कास्य पदकसहित कुल ४६ पदकसहित चीन तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको रुसले ११ स्वर्ण १२ रजत र  १२  कास्य गरी ३५ पदक जितेको छ । पाँचौं स्थानको इटालीले ८ स्वर्ण, ९ रजत र ६ कास्य गरी २३ पदक जितेको छ । ८ स्वर्ण, ६ रजत र ६ कास्य गरी २० पदक जितेको जर्मनी छैटौं, ७ स्वर्ण, ९ रजत र ८ कास्य गरी २४ पदक जितेको फ्रान्स सातौं, ७ स्वर्ण, ४ रजत र १६ कास्य गरी २७ पदक जितेको जापान आठौं, ६ स्वर्ण, ७ रजत र ९ कास्य गरी २२ पदक जितेको अस्ट्रेलिया नवौं तथा ६ स्वर्ण, ३ रजत र ५ कास्य गरी १४ पदक जितेको दक्षिण कोरिया दशौं स्थानमा छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार