एन्फाको चुनाव कात्र्तिक ८ गते


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ साउन ३२ मंगलवार २२:०५ बजे

एन्फाको चुनाव कात्र्तिक ८ गते

काठमाण्डौ
साउन ३२
अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ नेतृत्वका लागि कात्तिकमा साधारणसाभा हुने भएको छ ।

आज बसेको एन्फाको कार्यसमिति बैठकले साधारणसभा कार्तिक ८ गते गर्ने निर्णय गरेको हो  । साधारणसभाले अध्यक्ष र उपाध्यक्ष सहित नयाँ नेतृत्व चयन गर्नेछ । यसअघि एन्फाले नयाँ अध्यक्ष निर्वाचनका लागि साधारणसभाको मिति तोक्न आज कार्यसमिति बैठक बोलाएको थियो । एन्फाका तत्कालीन अध्यक्ष गणेश थापालाई भ्रष्टाचारको अभियोगमा फिफाले निलम्बन गरेपछि नरेन्द्र श्रेष्ठले कार्यबाहक अध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । त्यस्तै तत्कालीन कार्यबाहक अध्यक्ष तथा उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएपछि एन्फाको उपाध्यक्ष पद पनि रिक्त छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार