काठमाण्डौ
भदौ १५
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेवि संघले १६ वर्ष मुनिका विद्यार्थीलाई सदस्यता नदिने निर्णय गरेको छ ।

नेविसंघको हिजो बसेको बैठकको निर्णय आज राजधानीमा सार्वजनिक गर्दै महामन्त्री कुन्दनराज काफ्लेले शिक्षा क्षेत्रलाई राजनीतिकरणबाट मुक्त राख्न पहल गर्ने उद्देश्यले त्यस्तो निर्णय गरिएको बताउनुभयो । काफ्लेले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न सबै विद्यार्थी संगठनहरुसँग मिलेर काम गर्ने बताउनु भयो । साथै तोकेको शुल्क लिए÷नलिएको सम्बन्धमा शैक्षिक संस्थाहरुमा अनुगमन गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । नेविसंघले सातै प्रदेशमा एक÷एक ईन्जिनियरिङ, मेडिकल र कृषि कलेज खोल्न सरकारलाई दवाव दिने भएको छ । साथै नेविसंघले संविधान कार्यान्वयनकोलागि सम्बन्धीत निकायलाई दवाव दिने निर्णय गरेको छ । २÷२ वर्षमा महाधिबेशको सुनिश्चितता गर्न क्यालेण्डर निर्माण गरेर सोहि अनुसार काम गर्ने पनि नेवि संघले जनाएको छ ।
