जनआन्दोलन घाइते पिडित समाजबाट लिंकन कलेज सम्मानित


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २७ सोमवार १६:३९ बजे

जनआन्दोलन घाइते पिडित समाजबाट लिंकन कलेज सम्मानित

काठमाण्डौ
मंसिर २७

विपन्न,सिमान्तकृत तथा पिडित परिवारका बालबालिकालाई निशुल्क तथा कम शुल्कमा अध्यापन गराउदै आएको लिंकन कलेज सम्मानित भएको छ । काठमाण्डौको सामाखुसीमा रहेको सो कलेजलाई ऐतिहासिक जनआन्दोलन घाइते पिडित समाजले सम्मान गरेको हो ।

15401003_1055970701216425_758915517782148012_n
लिंकन कलेजको सभाहलमा आयोजित एक अन्तरकृया कार्यक्रममार्फत सो कलेजका प्रिन्सिपल प्रकाश शर्मा घिमिरे र कलेजका संयोजक (कोर्डिनेटर) इन्द्र प्रसाद दाहाललाई खादा ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको हो । शहिदपुत्री कविता ढुंगाना र सहिद परिवारका सदस्य तथा मिडियाकर्मी भरत केसीले कलेजलाई सम्मानित गरेका हुन् । सम्मानपछि कार्यक्रमलाई सम्बोधन गर्दै लिंकन कलेजका प्रिन्सिपल घिमिरेले विगतदेखि नै जेहेन्दार,विपन्न परिवारका बालबालिकालाई कलेजले निशुल्क शिक्षा प्रदान गरिरहेको बताए । साथै कलेजका संयोजक दाहालले शैक्षिक गतिविधिसँगै क्याम्पस व्यवस्थापनले समाजसेवा र देशविकासको क्षेत्रमा पनि सक्दो सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने बताए ।

लिंकन कलेजले शिक्षा क्षेत्रमा पुर्याएको योगदान तथा समाजसेवामा समेत गरेको अनुकरणीय कामलाई अझै प्रेरित गर्न आफुहरुले सम्मान गरेको जनआन्दोलन घाइते पिडित समाजका कोषाध्यक्ष नन्दप्रसाद रुपाखेतीले बताए । कार्यक्रममा समाजका कोषाध्यक्ष रुपाखेती सहित सचिव आशिष नेपाल,अखिल नेपाल औधोगिक मजदुर संघ चप्पलकारखाना मूल एकाई कमिटीका अध्यक्ष तथा समाजका बरिष्ठ सल्लाहकार अर्जुन खत्री लगायतको सहभागीता थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार