काठमाण्डौ
मंसिर २७
अमेरिकी नव निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले एक चीन नीतिमाथि प्रश्न चिन्ह खडा गर्नुभएको छ । ट्रम्पले चीनबाट फाइदा नलिइ उक्त नीतिलाई निरन्तरता दिनुको औचित्य नदेखेको बताउनु भएको बीबीसीले उल्लेख गरेको छ ।
ट्रम्पले फक्स न्युजसँग कुरागर्दै सन १९७९ देखी एक चीन नीति मान्दै आएको अमेरिकाले त्यसमा बाँधिएर बस्न नहुने पनि बताउनु भयो । उहाँको एक चिन नीति प्रतिको अभिव्यक्तिले उहाँ एक चिन निती नमान्ने पक्षमा भएको विश्लेषण गरिएको छ । यसअघि नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले एक चीन नीतिलाई अवहेलना गर्दै चीनले आफ्नो प्रान्त सहरमान्ने ताइवानसँग सहकार्य गर्ने बताउनुभएको थियो । उहाँले ताइवानकी राष्ट्रपति साई इंग वेनसँग टेलिफोन मार्फत सहकार्य गर्ने बताउनुभएको थियो । यस विषयले चिन अमेरिकासँग शशंकित हुँदै आएको छ । यसैबीच नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पलाई रुसले राष्ट्रपति बन्न मदत गरेको कुरा बाहिर आइरहँदा ती कुराहरु तथ्यहिन भएकोभन्दै ट्रम्पले डेमोक्रेटिक हिलारी क्लिण्टनले हार स्वीकार्न नसकेर बहाना बनाएको आरोप लगाउनुभयो ।
