काठमाण्डौ
मंसिर २४
दक्षिण कोरियाली संसदले राष्ट्रपति पार्क गियुन हाय बिरुद्धको महाअभियोग प्रस्ताव पारित गरेको छ । संसदमा आज भएको मतदानमा राष्ट्रियसभामा रहेका ३ सय सदस्यमध्ये महाअभियोग प्रस्तावको पक्षमा २ सय ३४ मत खसेको थियो ।
राष्ट्रपतिकै दल साएनुरीका केही सदस्यले समेत महाअभियोगको पक्षमा मतदान गरेको बीबीसीले जनाएको छ । महाअभियोगको प्रस्ताव पारित भएसँगै राष्ट्रपतिको सबै अधिकार प्रधानमन्त्री ह्वाङ क्यो आनमा स्थानान्तरण भएको छ । भ्रष्टाचार अभियोगमा राष्ट्रपति बिरुद्ध महाअभियोग प्रस्ताव पेश भएको थियो । प्रस्ताव पेश भएसंगै राजीनामाको माग गर्दै केहि सातायता हजारौं जनताले प्रदर्शन गरेका थिए ।
