डोनाल्ड ट्रम्ले बहुलाहा कुकुरलाई अमेरिकाको रक्षामन्त्री बनाए !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १७ शुक्रवार १६:११ बजे

डोनाल्ड ट्रम्ले बहुलाहा कुकुरलाई अमेरिकाको रक्षामन्त्री बनाए !

काठमाण्डौ
मंसिर १७
अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले जनरल जेम्स मेटिस लाई रक्षा मन्त्रिको पदमा चयनगर्नु भएकोे छ । म्याड डगका नामले चिनिने जेम्स मेटिसलाई ट्रम्पले अमेरिकी रक्षामन्त्रीको पदमा चयन गर्नुभएको बीबीसीले उल्लेख गरेको छ ।

ट्रम्पले ओहियो राज्यको एक ¥यालीमा सम्बोधन गर्दै जनरल मेटिसलाई रक्षामन्त्रिको पदमा नियुक्त गर्ने घोषणा गर्नुभएको हो । साथै उहाँले जेम्स मेटिस सर्वश्रेष्ठ रहेको बताउनु भयो । अमेरिकी अधिकारीहरुले मेटिसलाई रक्षामन्त्रिको रुपमा चयन गरेकामा अमेरिकी सेनामाझ उहाँ लोकप्रिय हुनेभएपनि केहि संबैधानिक बाधा रहने बताएका छन् । अमेरिकी कानुन अनुसार अवकाश भएको ७ वर्षपछि मात्र कुनै पुर्व सैन्य अधिकारीलाई रक्षा मन्त्रिमा नियुक्त गर्ने प्रावधान रहेको छ । तर मेटिस सन २०१३मा मात्र अमेरिकी सेन्ट्रल कमाण्डरबाट सेवानिवृत हुनुभएको हो ।  अर्थात उहाँ अवकाश भएको मात्र ३ वर्ष पुगेको छ । यसअघि मेटिसले सन १९९१ मा भएको पहिलो खाडी युद्धमा एक बटालिएन सम्हाल्नु भएको थियोभने सन २००१ मा उहाँले टास्क फोर्सको कमाण्ड गर्नु भएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार