काठमाण्डौ
मंसिर ४
सिरियाको एलेप्पो शहरमा रुस समर्थित सरकारी सेनाको चौथो दिने हवाई आक्रमण र गोलावारीलाई संयुक्त राष्ट्रसंघले दर्दनाक भनेको छ ।
सिरियाको पुर्वी विद«ोही नियन्त्रित शहर एलेप्पोमा अमेरिकी समर्थित विद«ोही समुह हटाउन सरकारी सेनाले भिषण आक्रमण र गोलाबारी गरिरहेको त्यहाँका संचारमाध्यमले जनाएका छन् । अमेरिकी समाचार संस्था एएफपीले एलेप्पोमा भइरहेको चौथौ दिनको हवाई आक्रमण र गोली हानाहान पछिल्लो दुई वर्षकै खतरनाक भएको बताएको छ । सोेही क्रममा विद«ोही पक्षको रकेट बम आक्रमणमा १३ जनाको मृत्यु भएको अधिकारीहरुको भनाई छ । त्यहाँको सामाजिक संस्था सिरियन अभ्जरभेटरी फर ह्युमन राइट्सले अलेप्पोको १८ छिमेकी ठाउहरुमा पनि आक्रमण भएको बताएको छ ।
सिरियाको गृहयुद्धमा रुस समर्थित सिरियाली सेनाले तीन हप्ते युद्धविरामपछि गत मंगलबारबाट पुन अमेरिकी समर्थित सरकार विरोधी समुहमाथि आक्रमण थालेको हो ।यस क्रममा सयाँैले ज्यान गुमाइसकेका छन् ।
