अरुलाई तर्साउने डोनाल्ड ट्रम्प आफै तर्सिए !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक २१ आइतवार १३:१९ बजे

अरुलाई तर्साउने डोनाल्ड ट्रम्प आफै तर्सिए !

काठमाण्डौ
कात्तिक २१
अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी कार्यक्रममा हुलदंगा भएको छ ।

नेवादाको ¥यालीलाई सम्बोधन गरिरहेका बेला मञ्च नजिकै हुलदंगा भएपछि सेक्रेट सर्भिसका एजेन्टले ट्रम्पलाई सुरक्षा दिएर मञ्चबाट लगेका थिए ।
बीबीसीका अनुसार हुलदंगा मच्चाएको आरोपमा सुरक्षाकर्मीले एक व्यक्तिलाई पक्राउ गरेका छन् । तर उनको साथमा हतियार भने नरहेको बताइएको छ । उनलाई पक्राउ गरिएपछि ट्रम्पले फेरी मन्चमा फर्किएर सम्बोधन गर्नुभएको थियो । सेक्रेट सर्भिसका प्रवक्ताले एक अपरिचित व्यक्तिले भिडमा गोली चलाएको बताएका छन् । तर घटनापछि गरिएको खोजीको क्रममा त्यहाँ हतियार नभेटिएको बताइएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार