काठमाण्डौ
कात्तिक १०
अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले डेमोक्राटिक उमेद्वार हिलारी क्लिनटनले तेस्रो विश्व युद्धको तयारी गरेको आरोप लागाउनु भएको छ ।
ट्रम्पले हिलरी क्लिन्टनको सिरियाबारे विदेश नीति योजनाले तेस्रो विश्व युद्ध निम्तिन सक्ने बताउनु भएको हो । ट्रम्पले अमेरिकाले सिरियाका राष्ट्रपति बशार अल असदको सत्ता गिराउनभन्दा इस्लामिक स्टेटलाई परास्त गर्नपट्टि ध्यानकेन्द्रित गर्नुपर्ने बताउनु भयो ।
क्लिन्टनले सिरियाको हवाई क्षेत्रमा उडान निषेधको प्रस्ताव गर्नुभएको छ । विश्लेषकले त्यस्तो गरिए रुसी विमानहरुसंग टकराव बढ्ने बताएका छन् । ट्रम्पले अमेरिका सिरियामात्रै नभइ सिरिया, रुस र इरानसंग पनि लडिरहेको आरोप लगाउनु भयो ।
साथै ट्रम्पले यदी क्लिन्टन निर्वाचित भए उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग कुराकानी गर्न नसक्ने समेत ट्रम्पले आरोप लगाउनु भयो ।
